प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ ले शनिबार पनि सेवा दिने भएको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साउन र भदौ महिनाभित्र अनिवार्य नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। यस वर्षदेखि सरकारले अनलाइन प्रणालीमार्फत नवीकरणको प्रक्रिया सुरु गरेकाले देशभर एकैपटक काम हुँदा सिस्टम प्रणाली सहज रुपमा नचल्ने हुदाँ सेवाग्राहीलाई सास्ती हुने अवस्था देखिएको छ।
त्यसैलाई मध्यनजर गरेर सेवा सहज बनाउन वडा नं.५ ले भदौ १६ गते शुक्रबारदेखि बिहान ७ बजेदेखि र शनिबारको दिनसमेत सेवा दिने व्यवस्था गरेको वडाध्यक्ष गिर बहादुर घर्तीले जानकारी दिए।

