प्यूठान । दम्ती धाइरे अंधेरि सडक कालोपत्रेका लागी लुम्बिनी प्रदेश सरकारले १२ करोड बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागी प्रस्तुत गरेको बजेटमा उक्त सडकका लागी बजेट बिनियोजन गरेको हो ।
उक्त सडक लामो समयदेखि स्तरोन्नती हुन सकेको थिए । सडक स्तरोन्नतीका लागी शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाको पहलमा बजेट बिनियोजन भएको हो । केही दिन अगाडी मन्त्री थापाले प्युठान कांग्रेसका नेता कार्यकर्ता सहित उक्त सडकमा पैदल हिडेर यसैवर्ष कालोपत्रे गर्ने प्रतिबद्धता गरेका थिए ।
यस पटक प्युठान जिल्लाका सबै ६४ वटै वडामा कुनै न कुनै योजनामा प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरी आफुले पहल गर्ने मन्त्री रोज राणाले प्रतिबद्धता गरेका थिए । उनले प्युठानका एक दर्जन ग्रामीण सडक बहुवर्षिय योजना अन्तर्गत स्तरोन्नती गर्ने गरी बजेट व्यवस्था गर्ने समेत प्रतिवद्धता गरेका थिए ।

