प्यूठान । नौबहिनी गाउँपालिका ३ खवांगमा आमा छोरा मृत फेला परेका छन् । खवांगको काईयाकी २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी हराइरहेकी उनी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्यूठान प्रहरीले बताएको छ ।

