लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा रोज राणाले प्रदेश समपुरक बजेट अन्तर्गत निर्माणाधिन बाहाने स्याउलीबाङ सडकको अनुगमन गरेका छन ।
बुधबार नौबहिनी गाउँपालिकाको बहानेमा पुगी उनले सो सडकको अनुगमन गरेका हुन्। आफूले पहिलाे पटक मन्त्री बन्दा समपुरक बजेटका लागि पहल गरेकाे बताउदै मन्त्री थापाले निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि के कस्तो भइरहेको छ भन्ने बुझ्नका लागि आफूले अनुगमन गरेको बताएका छन्।
लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदमा दोस्रोपटक मन्त्री बनेका थापाले पछिल्लो समय जिल्लाको विकासका लागि आफू मन्त्री भएको बताउँदै पटकपटक योजनाको अनुगमन भेटघाट तथा विकास निर्माणका विषयमा छलफल कार्यक्रमलाई अगाडि बढाएका छन्।
बुधबार नौबहिनी गाउँपालिकाले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले आफू मन्त्री भएकै समयमा जिल्लाका दुई महत्वपूर्ण सडकहरु बाग्दुला मच्छि अर्खा र बाग्दुला बाहने स्याउलीबाङको बाटोलाई महत्त्वका साथ हेरेको बताउँदै आफ्नै कार्यकालमा उक्त बाटो पिच गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

