प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बाग्दुला बहाने सडकको स्थल अध्ययन तथा पैदल यात्रा गरेका छन् । प्रदेश सरकारले बजेट ल्याउने तरखर गरिरहेका बेला यो सडकको स्थल अध्ययन तथा पैदल यात्रा गरेका हुन् । जिल्लाको पुरानोमध्येको यो सडक कालोपत्रे गर्नका लागी मन्त्री सरोज थापासहितको टोलीले पैदल यात्रा र सडक क्षेत्रका नागरिकसँग छलफल गरेका छन ।
जिल्लाको पुरानो सडकमध्येको यो सडक एक हो । यो सडक स्तरोन्नती तथा कालोपत्रेमा कसैको ध्यान नपुगेको र आगामी बर्षमै सडक कालोपत्रे गर्ने मन्त्री थापाले समाचार स्पेशलाई बताए । ‘आगामी बर्षको बजेटमा यो सडकलाई समाबेश गर्ने छु’ उने भने,‘कालोपत्रे भएसगैँ नौबहिनी र छिमेकी जिल्लाका नानागरिकको यात्रामा सहजता थपिने छ ।’
यो सडकलाई आ.ब. २०८२÷०८३ मै कालोपत्रे गर्ने थापाको भनाई छ । दम्ती अधेँरी सडकका लागी आ.ब. २०८२÷०८३ मै बजेट बिनियोजन गरिने र अधेँरी देखि बहाने गाउँपालिका पहुँच मार्ग सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न दवाब दिने मन्त्री थापाले बताए ।
पैदल यात्रामा प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको नेतृत्वमा जनप्रतिनिधि, र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लगायत करिब ५ दर्जन ब्यक्तिको सहभागिता रहेको छ । शुक्रबार दम्तीदेखी अधेँरीखोलासम्म करिब ६ किलोमिटर सडकमा पैदल यात्रा गरेका हुन ।

