प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकाले समुदायस्तरमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । समुदायस्तरमा हुने बालविवाह, बहुविवाह, घरेलु हिंसा भए कहाँ, कसरी मुद्दा दर्ता गर्ने र स्थानीय न्यायिक समितिमा पुग्ने भन्ने विषयमा जानकारी स्थानीय नागरिकलाई जानकारी दिने उद्धेश्यका साथ पालिकाले महिला महिला स्वास्थ्य स्वयंसेविका तथा आम समुहका अध्यक्षलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
स्थानीय स्तरमा हुने हिंसा,बिवाद तथा स्थानीय न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे स्थानीयलाई बुझाउनुपर्ने भन्दै समुदायमा सचेतना कार्यक्र सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पूर्ण प्रसाद कालाथोकीले बताए ।
‘स्थानीय स्तरमा झै भगडा तथा बिवाद हुने गरेका छन् त्यसलाई स्थानीय स्तरमा मिलाउन तथा स्थानीयस्तरमा मिल्न नसकेका मुद्धा न्यायिक समितिसम्म ल्याउन यो कार्यक्रम गरेका हौँ’ उनले भने । महिला स्वास्थ्य स्व्यम सेविका तथा आम समुहमार्फत न्यायिकका बारेमा जानकारी पुग्ने भएकाले यो कार्यक्रम महत्वूर्ण रहेको बताए ।
समुदायस्तरमा कानुनी ज्ञानको अभाव रहेको हुदाँ महिला,बिपन्न नागरिकले अन्याय सहदै आएका छन् । यो कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई सचेत बनाउन सहयोग पुग्ने छ ।
घरपरिवार र समाजको डरले महिलाहरुले घरेलु हिंसा सहेर बस्ने गरेका छन । कानुनी ज्ञानका अभावले यस्ता घटना समाजमै मिल्ने र बाहिर आउन सकेका छैनन । उनीहरुले न्याय लिनका लागि कहाँ पुग्ने भन्ने समेत जानकारी नभएको, महिला भएकै कारण हिंसा सहनुपर्छ भन्ने मानसिकता समाजमा अझैपनि कायमै रहेको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले बताए । ‘सहजै रुपमा न्यायिक समितिमा मुद्धा दर्ता गर्न नमान्ने भएकाले पिडितले उजुरी गर्न मान्दैन्न, त्यसकारण पिडित अझ पिडित हुनुपरेको छ’ उनले भने,‘समुदायस्तरमा सचेतना भए हिंसा कम हुन्छ ।’
माण्डवी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको कानुनी सचेतना कार्यक्रम ५ र ६ गतेसम्म सञ्चालन हुनेछ ।

