प्युठान । प्युठानमा चट्याङ लागेर पाँच जना घाइते भएका छन । सोमबार दिउँसो परेको चट्याङ लाग्दा झिमरुक गाउँपालिका २ का पाँच जना घाइते भएका हुन । चट्याङ लागेर घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको झिमरुक गाउँपालिका २ का वडा अध्यक्ष कृष्ण पोख्रेलले बताए । उनीहरुको अबस्था सामान्य रहेको पोख्रेलले बताए ।

