प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गौमुखी गाउँपालिकाको आयोजना तथा जिल्ला अस्पताल प्यूठानको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा मंसिर १९ गते निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने लागेको पालिकाले जानकारी दिएको छ ।
पछिल्लो समय प्रबिधीको प्रयोग तथा बढ्दो बेरोजगारीका कारण समाजमा मानसिक रोगका बिरामी बढ्दै जान थालेपछि शिबिरको आयोजना गरिएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले बताए । शिबिरमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या, अनिन्द्रा , एकोहोरो हुने , आत्महत्याको प्रयास गर्ने जस्ता समस्याका बिरामीलाई सेवा दिइने पालिकाले जनाएको छ । प्यूठान अस्पातालका मानसिक रोग बिशेषज्ञ डाक्टरबाट सेवा दिइने अध्यक्ष गिरीले बताए ।

