प्युठान । प्रथम विशाल स्मृति कप भलिबल प्रतियोगिता सुरु भएको छ । बाङ्गे युथ क्लब झिमरुक गाउँपालिका ४ ले स्वर्गीय विशाल जीसीको स्मृतिमा अायाेजना गरेकाे खुला जुनियर भलिबल प्रतियोगिता आज देखि सुरु भएको हो । खेलकोे उद्घाटन जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले गर्नु भएको छ । क्वलका अध्यक्ष अशोक जीसीको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, ४ नंम्बर वडा अध्यक्ष सिताराम पोख्रेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता भोलि सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने टिमले क्रमश नगद रु १५ हजार, १० हजार र ८ हजार सहित कप,मेडल र प्रमाणपत्र पाउनेछन् । खेलकुद क्षेत्रबाट भएपनि विशाललाई सम्मान तथा सम्झनाका लागी भलिबल प्रतियोगिता आयोजना गरेका गरेको क्लबका अध्यक्ष तथा खेल संयोजक अशोक जीसीले बताए । “विशाल हामीमाझँ नभएपनि उसले गरेको योगदानलाई सम्मान गर्न प्रतियोगिताको आयोजना गरेका हौँ” उनले भने,“अहिले सुरुवात गरेका हौँ, यो हामी निरन्तर खेलको आयोजना गर्छौँ ।”
उनको सम्झनामा अहिले भलिबल प्रतियोगिता आयोजना गरेपनि आगामी दिनमा सामाजिक क्षेत्रमा पनि काम गर्ने योजना रहेको संयोजक जीसीले बताए । स्वर्गीय विशाल जीसीको १८ बर्षको उमेरमा २०८० मंसिर २९ गते सडक दुर्घटनामा परी दाङमा मृत्यु भएको थियो ।

