काठमाडौँ । थाइ एयर एसियाले आज आइतबारदेखि बैंकक-भैरहवा-बैंकक नियमित उडान सुरु गरेको छ। बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सम्पन्न गरेको यस एयरलाइन्सले अब हप्ताको दुई दिन सोमबार र बिहीबार उडान भर्ने योजना बनाएको छ।
आज बिहान ७ बजे भैरहवामा पहिलो पटक जहाज अवतरण भएको थियो, जसले लगत्तै बिहान ७ः४० मा बैंककका लागि प्रस्थान गरिसकेको जनाइएको छ । आगामी उडान ८ नोभेम्बर (मंसिर २) मा हुनेछ।

