प्यूठान । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट समक्ष राजीनामा बुझाएका हुन् । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति सार्वजनिक भइसक्दा समेत कार्यतालिका ल्याउन नसक्नु तथा सदस्यता विवाद समाधान लगायतको काम हुन नसकेको र तेस्रो पटक पनि निर्वाचन नहुने निश्चित जस्तै भएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।
पत्रकार महासंघको जिल्ला प्रदेश र केन्द्रीय समितिको अबधी गत चैत्रमा सकिएको हो । तर सदस्यता शुद्धिकरण विवादका कारण यस अगाडीका २ पटक तोकिएको समयमा निर्वाचन हुन सकेको थिए । महासंघले यस अघि असोज ५गते अधिबेशनको मिति तोकेको थियो । अध्यक्षले पदबाट राजीना दिएपछि अधिबेशनको मिति अनिश्चित बनेको छ ।

