प्यूठान । नौबहिनी गाउँपालिकाले निर्माण थालेको खेलकुद मैदान अलपत्र परेको छ । नौबहिनी गाउँपालिका २ लिघामा निर्माण थालेको खेलकुद मैदान अलपत्र परेको हो । अघिल्ला जनप्रतिनीधीले ५ लाख रुपैया खर्च गरेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी मैदान निर्माण प्रक्रिया अगाडी बढाएका थिए । मैदान निर्माणका लागी उक्त स्थानमा ३० लाख रुपैया खर्च समेत भएको छ । तर मैदान अलपत्र अबस्थामा छ ।
एक पालिका एक खेलकुद मैदान अन्तर्गत नौबहिनी गाउँपालिका र लुम्बिनी प्रदेशले लगानी गरेपनि मैदान अलपत्र परेको हो । एकातिर मैदान अलपत्र परिरहदाँ पालिकाले भने अहिले नौबहिनी गाउँपालिका ६ बहाने कुनौटमा खेलकुद मैदान निर्माण थालेको छ । जनप्रतीनिधीले दीर्घकालीन योजना नबनाई काम गरेको नौबहिनीबासी बताउँछन् । जनप्रतिनीधीले सम्भाब्यता अध्धयन नगरी मैदान निर्माण कार्य अगाडी बढाउदा यस्तो समस्या आएको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्गका गंगाराम भण्डारीले बताए । “नेताले आफ्नो स्वार्थका लागी मैदान बनाउँदा राज्य स्रोत दुरुपयोग भएको छ” उनले भने,“अहिले फेरी खोला किनारमा मैदान निर्माण हुदैछ यसको अबस्थापनि उस्तै नहोला भन्ने छैन ।”
पालिकाले आ.ब. २०८०÷०८१ मा ६ लाख रुपैया खर्चगरी मैदानका लागी जग्गा खरिद गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए । “कुनौटामा अस्थायी खेल मैदान बनाएका छौँ अहिलेसम्म ६ लाख खर्च भएको छ” उनले भने । चालु आ.ब.मा मैदानको जग्गाका लागी १४ लाख रुपैया बिनियोजन गरेको छ । तर यो खेल मैदान पनि अस्तब्यस्त अबस्थामा छ । खोलाको छेउमा निर्माण थालनि गरेको खेल मैदानमा बर्षेनी माथिबाट भल आइ रहेकाृ गरे छ । पालिका भित्र हुने बिकास निर्माण कार्य बहाने आसपास केन्द्रित गरिनुले यस्तो समस्या देखा परेको सरोकारवालाहरु बताउँछन् ।

