प्यूठान । माण्डवी गाउँपालिकाको ब्याकहो लोडरले किच्दा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका–१ तिराम स्थित पिपलडाडामा ब्याकहो लोडरले किचेर स्थानीय वृद्धको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
ब्याकहो लोडरले किच्दा स्थानीय ६५ वर्षीय ठग बहादुर घर्तीको घटना स्थलमै मृत्यु भएको हो । बाटोमा सुतेका घर्तिलाई ब्याकहो लोडरले किचेको हो ।

