प्यूठान ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले संविधान कार्यान्वयन हुन नसकेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहिबार खलंगामा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन । संविधान जारी भएपछि यसलाई कार्यान्वय गर्ने कुरा सबै भन्दा महत्वपुर्ण भए पनि त्यस्तो हुन नसकेको बताए । संविधान विपरीत कुनै पनि गतिविधि गर्न नपाइने स्ष्ट लेखिए पनि संविधानलाई एकतातिर राखेर देशमा बिभिन्न भ्रष्टाचार, खुसघोरी तथा सुशासन बिरुद्धका कामहरु भैइ रहेकोे बताए । “संविधान आफैमा नराम्रो छैन, हामि आफैले नराम्रो बनाएका हौं”,प्रमुख जिसीले भने, राष्ट्रलाइ बिकास गर्न लागु भएको संविधानलाई शिरोपर राखेर काम गनु सबैको दायित्व हो ।
जिसीले अधिकार मात्रै नभइ काम र कर्तब्यको पनि पालना गर्न जोड दिदै जनताको हितका निम्त्ति आएको संविधान कार्यान्वय गर्न हामि कहाँ चुकि रहेका छौं,त्यसमा बहस, छलफल तथा समिक्षा गरी अगाडि बढ्न जरुरी रहेको बताए ।
यस्तै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले नेपालको संविधान कार्यान्वयन पक्ष फितलो हुँदा जनतामा निराशा छाएको बताए । संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षामा बसेका जनताहरु देशमा भ्रष्टाचार बढ्दै जाँदा झनै निराश भएको बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी रमा आचार्यले संविधान जारी भएपछि देशमा धेरै परिवर्तन आएको बताइन । नेपालको संविधानले नागरिकका बिभिन्न मौलिक हकहरुको ब्यवस्था गरेको बताइन् । केहि कानुनी, ब्यवहारिक तथा ब्यवस्थापकिय पक्षले कार्यान्वयमा समस्या भएको बताइन । राज्यले जनतालाई संविधानले ब्यवस्था गरे अनुसार प्रत्याभुत हुनेगरी सेवा दिन सके मात्रै संविधाको मुख्य अर्थ रहने उनको भनाइ छ ।
पछिल्लो पटक संविधान संशोधनको बहस भइरहँदा संविधानमा भएका गलत कुराहरुलाई हटाएर राम्रो पक्षलाई अनुसरण गदै अगाडि बढ्नुपर्ने बताइन । प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा सुशासन, शान्ति सुरक्षा राख्दै जनतालाई प्रदान गरीने सेवालाई सहज बनाउन लागि पर्ने बताइन ।

नागरिक समाजका संयोजक सुमन सुवेदीले नेपालको संबिधानले ब्यवस्था गरेको मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको बताए। संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, लगायत दर्जनौं आधारभूत हकहरूको ब्यवस्था गरेपनि त्यसको अनभूति आम नागरिकले गर्न नपाएको बताए । ब्यवस्था अनुसारको सुविधा दिन राज्य चुकेको उनको भनाइ छ ।
कार्यक्रममा गौमुखि गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी, जिल्ला न्यायाधिस हिरण्य प्रसाद भण्डारी, मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष संञ्जय रिजाल लगायतले शुभकामना मन्तब्य राखेका थिए। जिल्ला प्रशासन कार्यालय प्यूठान, जिल्ला समन्वय समिति र मल्लरानी गाउँपालिको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा महेन्द्र माविबाट पाटि चोक, खानेपानी हुदै जिल्ला समन्वय समितिको प्राङ्गण सम्म ¥याली गरिएको थियो ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनितिक दल, जनप्रतिनिधि,सुरक्षा निकाय, शिक्षक विद्यार्थी, स्थानिय लगायतको उपस्थिति हरेको थियो ।


