शिव राज खनाल
दाङ २ कार्तिक
दाङको राजपुर गाउँपालिकाले ७० जना कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको छ । पालिकाले संचालन गरिएको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युबा उद्यमसिलता साझेदारी परियोजना अन्तर्गत पालिका भित्रका अति विपन्न दलित जनजाति महिला कृषकहरुलाई हिउँदे तरकारी गोभी,चुकन्दर, चम्सुर , केराउ,प्याज, रायो, मुलाको बिउ वितरण गरेको हो ।
अति विपन्न कृषकहरुको आर्थिक आय स्रोतमा बृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकीले बताए । बितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरद कुमार बुढाथोकीले कृषकहरुले निः शुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन आग्रह गरे ।
तेस्तै गाउँपालिकाले सिजन अनुसार कृषकहरुलाई विभिन्न बालीका बिउ वितरण गर्दै आएको भए पनि पालिकाले सोचे अनुसारको कृषकहरुले लाभ लिन नसकेको उपाध्यक्ष धनपती देबि यादबले बताइन । ‘प्रविधि युक्त खेती प्रणालीमा जहिले सम्म किसानहरु जान सक्नु हुन्न तव सम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।
राजपुर गाउपालिका द्वारा संचालन गरिएको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युबा उद्यमसिलता साझेदारी परियोजना सम्योजक गिरिराज भट्टका अनुसार पालिका भित्रका ७० जना कृषकहरु लाई उन्नत जातको बीउ पुर्याउने योजना पूरा भएको र थप कार्यक्रमको तयारीमा रहेको बताए ।

