प्युठान । गएराती परेको बर्षाकाे कारण गनाह चकचके सडक खण्ड अबरुद्ध भएको छ ।
भालुबाङ प्युठान सडक खण्ड अन्तर्गत अधेरी खाेला, पाकुरी, सिमलचाैर र खहरे खाेलामा पहिराे र लेदो खस्दा सडक अवरुद्ध भएकाे हो । सडक खुलाउन डिभिजनको उपकरणहरु परिचालन भएको सडक डिभिजन कार्यालय प्युठानले बताएको छ ।

