प्युठान । चाडपर्व नजिकिएसंगै प्युठानमा बजार अनुगमनले तिब्रता पाएको छ । चाडपर्व लक्षित गरि स्थानीय तह तथा विभिन्न सरकारी निकायले बजार अनुगमन गरिरहेका छन ।
अनुगमन गर्ने क्रममा बुधबार प्युठान नगरपालिका ८ को कक्षपती ट्रेडसमा आज प्रहरीले छापा हानेको छ । म्याद गुज्रिएको तथा कमसल खाद्य पदार्थ बिक्री गरेको भन्ने गुनासो बढेपछी छापा हानेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
उनका अनुसार म्याद सकिएको तथा कम गुणस्तरका तिन लाख १९ हजार ५ सय ६ रुपैया बराबरको बरामद गरिएको गरिएको छ । ट्रेडर्सले कमसल तथा म्याद सकिएको खाद्य बस्तु बिक्री गरेको भनी गुनासो आएपछी अनुगमन गर्दा कमसल खाद्य बस्तु भेटाएपछी छापा हानेका हौ” उनले भने । चाडपर्वमा कालो बजारी तथा कमसल बस्तु बिक्री हुने भएकाले बजार अनुगमनलाइ तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मंगलबार मात्रै बाग्दुलामा एक पसलमा प्रहरीले छापा हानी २ लाख रुपैयाँ बराबरको पेय पदार्थ बरामद गरेको थियो ।

