प्यूठान। प्यूठानमा एउटा अचम्मको ढुङ्गा फेला परेको छ । झिमरुक खोलादेखि झन्डै एक सय मिटर लामो र तामा धातु जस्तो देखिने “तामेढुङ्गा“ भेटिएको हो । पानीभित्र रहेको भागको ढुङ्गा गोलो आकारको देखिन्छ । स्थानियहरूले यस ढुङ्गालाई “तामेढुङ्गा” भनेर चिनाउँदै आएका छन् ।
बुढापाकाका अनुसार यो ढुङ्गा मल्लरानी डाँडादेखि खोलासम्म फैलिएको र यो कुनै सामान्य ढुङ्गा नभएको विश्वास गरिन्छ । उनीहरूका अनुसार यसमा तामाको अंश रहेको हुन सक्ने आशंका छ ।
स्थानीय बुढापाकाका अनुसार, यो तामेढुङ्गा मल्लरानी डाँडादेखि खोलासम्म फैलिएको छ । यस ढुङ्गामा साँच्चिकै तामा तत्व छ कि छैन भन्ने कुरा वैज्ञानिक अध्ययन र अनुसन्धानबाट मात्र पुष्टि हुने उनीहरूको भनाइ छ । तर यसले ढुङ्गाको भित्री संरचना धातुयुक्त हुन सक्ने अनुमानलाई बल पु¥याएको छ ।
प्यूठान नगरपालिकाका इन्द्र बहादुर केसीका अनुसार, खोलामा रहेको उक्त ढुङ्गाको छेउमा हिर्काउँदा माथिसम्म आवाज गुञ्जिने गरेको छ, जसले यसलाई अझ रहस्यमय बनाएको छ ।
साथै, यस ढुङ्गालाई बन्चरोले काट्ने क्रममा एक स्थानीयकाे मृत्यु भएको किम्बदन्ती पनि स्थानीयबीच प्रचलित रहेको उनको भनाइ छ । जसका कारण स्थानीयहरू यसलाई शक्तिशाली वा अभिषप्त ढुङ्गाका रूपमा पनि लिन्छन् । यसले ढुङ्गाप्रति डर र श्रद्धा दुवै भावना जन्माएको छ ।
अहिले बन्दै गरेको सारिवाङ खैरा सडकको सारिवाङबाट आधा किलोमिटर अगाडि उक्त ढुंगा रहेको छ । अहिले काटिएको अबस्थामा नदिबाट एकसय मिटर भन्दा माथि रहेकाे उक्त ढुंगा झिमरुक नदिमा कति गहिरो सम्म दवेकाे छ कसैलाई जानकारी नभएको स्थानीयले जानकारी दिए ।

