प्यूठान । ठुलाबेशी सामुदायिक मंचको आयोजनामा ठुलाबेशीमा सर्बाधिक धन राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।
मंचले सुचना जारी गर्दै कात्तिक २ देखि ४ गतेसम्म खुल्ला भलिबल प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा पहिलो हुनेले एक लाख ३३ हजार ३३३ रुपैया,दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६६ हजार ६६६ रुपैया पुस्का पाउनेछन् । प्रतियोगिता गौमुखी गाउँपालिका–५ ठुलाबेशीको गौमुखी मा.बि.मा सञ्चालन हुने मंचले जनाएको छ ।

