विजुवार । संविधान दिवसको अबसरमा नेपाल टेलिकम केन्द्रीय कार्यालयले प्युठान अस्पताल विजुवारलाई १० थान ‘बेड कम चियर’ उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत यी सामाग्रीहरु प्राप्त भएको अस्पतालका प्रमुख डा० राजेन्द्र पाैडेलले बताए । अस्पतालका लागि अत्यन्तै आवश्यक रहेको यो सामाग्रीले बिरामीलाई सहज गराउने समेत उनले वताए ।
अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टको अध्यक्षतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरप्रमुख विष्णु वहादुर याेगि थिए । ५० बेडकाे अस्पताल भएपनि हाल ५३ बेडबाट सेवा उपलब्ध गराएको हस्तान्तरण कार्यक्रममा प्युठान अस्पतालले जनाएको छ ।
कार्यक्रममा नेपाल टेलिकम दाङका प्रमुख वरिष्ठ ईञ्जिनियर सन्तोष शर्मा, विजुवार प्रमुख निरञ्जन श्रेष्ठ लगाएतकाे उपस्थित रहेको थियो ।

