प्यूठान । प्यूठान नगरपालिकाले बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । नगरपालिकाले १७ औं नगर सभाबाट मेयर बिष्णु बहादुर योगीले बार्षिक नीति कार्यक्रम सार्वजनिक गरेका हुन् । योगीद्धारा प्रस्तु्त नीति तथा कार्यक्रममा नगरका बिपन्न परिवारलाई १०० दिन रोजगार,योगदानमा आधारित दुध तथा तरकारी ब्यबसायीका लागी पेन्सन लगायतका कार्यक्रम समाबेश छन् ।
त्यस्तै विपन्नको चुलोमा स्थानीय सरकार, कम बिद्यालय धेरै बिद्यार्थी अन्तर्गत नमुना आवास सुबिधा सहित स्कुल सञ्चालन, छरिएर रहेका अटो ग्यारेजलाई एकै स्थानमा ल्याउन एकिकृत अटो ग्यारेज तथा बिभिन्न कारणले बाझोँ भएका जमिनलाई सदुपयोग गर्न बसोर र फलफुलको बिरुवा रोपी रोजगारी सिर्जना गर्ने समेत नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

