प्युठान ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अहिलेको गठबन्धन सरकार कायम रहने बताउनुभएको छ । पार्टीको जिल्ला भेला उद्घाटन गर्न प्युठान आउनुभएका अध्यक्ष नेपालले गठबन्धन सरकार ५ वर्ष नै कायम रहने दावी गर्नुभएको हो ।
पार्टी अहिले संगठन सुदृढीकरण अभियानमै रहेको उहाँको भनाई छ । असोज १४ गते देखि २९ गतेसम्म मेचि महाकाली अभियान
संचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बामपंथी एकतालाई अगाडि बढाउन समाजबादी मोर्चा निर्माण गरिएको उल्लेख गर्नुभयो ।’काचो एकता होईन, बलियो एकता बनाउन खोजेका छौं,’ उहाँले भन्नुभयो ‘जनताको माग, कम्युनिस्टहरुको माग हो एकतामा जानुपर्छ ।’
पुर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले अहिलेको सरकारले भ्रष्टाचार न्यूनीकरण र जनताको समस्या सम्बोधन गर्न प्रयास सकारात्मक कदम चालेको बताउनुभयो ।

