काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आफ्ना मान्छे कसरी जोगाउने खेलमा लागेको सरकार लागेको बताएका छन । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन ।
“भारतिय नेतृत्वले अन्तरिक्ष यानलाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व कसरी आफ्नो म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोच्नमा तल्लीन छ ।” उनले भने,”छिमेकीले चन्द्रमामा यान पठाउदा मेरो देशले खाडिमा जवान पठाउन बाध्य छ,देश भित्रका विश्व विद्यालयहरु रित्तिदै छन् ,ब्यवसायीहरु निरास छन,खेलाडीहरु पलायन हुदै छन,युवा पुस्तामा देश छोड्ने लहर चलेको छ ।”
सरकारले अनुसन्धानलाई प्रभाबकारी बनाउनुको साटो अनुसन्धान अधिकारीलाई यता उता बनाएको समेत बताएका छ्न । कर्मचारीलाई यता उता गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु ? भनेर सरकारलाइ प्रश्न गरेका छ्न ।

