प्यूठान । भारतको एक्जिम बैंकको ऋण लगानीमा निर्माण गर्ने भनिएको बाग्दुला,मच्छी,भिमगिठे रणनीतिक सडकको समयमै ठेक्का लगाउन भन्दै झिमरुक गाउँपालिकाले नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनीधी सभा सदस्य गगन कुमार थापालाई पहल गरिदिन आग्रह गरेको छ । बिहिबार महामन्त्री थापालाई प्यूठान आएको अबसरमा सडकको बिषयमा आग्रह गरेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । प्यूठान जिल्लाको सबै भन्दा ब्यस्त सडक बाग्दुला भिमगिठे सडकको बारेमा कुरा उठेपनि काम नभएको भन्दै झिमरुक गाउँपालिकाले संसद बैठकमार्फत सरकारको ध्यानाकर्षण गराउन थापालाई आग्रह गरेको उपाध्यक्ष पोख्रेलले बताए ।
‘हामीले कांग्रेसका महामन्त्री तथा प्रतिनीधी सभा सदस्य गगन कुमार थापालाई बाग्दुला भिमगिठे सडकको स्तरोन्नती तथा कालोपत्रेका लागी सहयोग गर्ने आग्रह गरेका छौँ’ पोख्रेलले भने,‘उहाँबाट सहयोग गर्ने बाचा आएको छ ।’ नौ बर्ष पहिला सडक निर्माणका लागी ठेक्का सम्झौता भएपनि ठेकेदार कम्पनी कालो सुभचीमा परेका कारण सडक निर्माण हुन सकेको छैन । नयाँ ठेक्का सम्झौता अझैसम्म हुन सकेको छैन् ।

