नौबहिनी गाउपालिकाबाट विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडी सम्मान कार्यक्रम बाहानेमा सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका-५, निवासी हालै सम्पन्न नेपाल प्रिमियर लिग-एनपिएल बिजेता टिमका राष्ट्रिय कृकेट खेलाडी तुल बहादुर थापा, नौबहिनी गाउँपालिका-१, निवासी अन्तरास्ट्रिय अल्ट्रा धावक दामोदर बुढा मगर, हुमि बुढा मगर अन्तर्राष्ट्रिय अल्ट्रा धावक, गुमान घर्ती मगर अन्तरास्ट्रिय/प्रोफेसनल थाइ बक्सिङ खेलाडी, नौबहिनी गाउँपालिका-७, निवासी अन्तर्राष्ट्रिय सितोरियो कराते खेलाडी नमराज राना मगर र यु-१६ राष्ट्रिय कृकेट खेलाडी करण घर्ती मगर सम्मानित हुनुभएको छ
कार्यक्रममा प्रमुख अतिथि रहेका गाउपालिका अध्यक्ष दिल बहादुर थापाले खेलाडीलाई मनाेबल बढाउन र भाबि सन्तततिका लागि पनि खेलक्षत्रमा आकर्षण गर्न आफुहरुले सम्मान गरेकाे बताएका छन । अध्यक्ष थापाले सिमित श्राेतसाधनका बिचमा आफुलाइ सफलताकाे चुलिमा पुग्न सफल खेलाडीले पालिकाकाे गौरव बढाएकाे बताएका छन । खेल अनुसासन र स्वास्थ्यमा समेत सकारात्मक प्रभाब पार्ने क्षत्र भएकोले सदा आफु सफलताका लागि अग्रसर हुन आग्रह गर्दै पालिका सम्मान र प्रेणाका लागि सदा तत्पर रहेकाे प्रतिबद्धता ब्यक्त गरेकाे छन ।
प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले खेलाडीलाई प्राेत्साहान स्वरुप नगद प्रमाणपत्र खादा र मायाकाे चिनाेले सम्मान गरेकाे बताएका छन ।

