भिमकला कुँवर,प्यूठान ।
मल्लरानी गाउँपालिकाको कृष्ण मन्दिरमा अक्षय कोष स्थापना गरिएको छ । मल्लरानी गाउँपालिका –४ गणेशटोल खलंगा निवासी चन्द्रकला श्रेष्ठले मल्लरानी गाउँपालिका ४ तिरतिरे धारा स्थित श्री राधाकृष्ण मन्दिरमा स्वर्गीय ससुरा जयगोपाल श्रेष्ठ र स्वर्गीय पति प्रविण श्रेष्ठको स्मृतिमा ५० हजार ५ सय ५ रुपैया अक्षय कोषस्थापना गर्नु भएको हो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लाई चेक हस्तान्तरण गर्नुभएको छ । हरेक बर्ष श्रीकृष्ण जन्मअष्टमीको भोलीपल्ट निकालिने श्रीकृष्णजात्रा निरन्तरता सघाउनको लागि अक्षय कोषस्थापना गरिएको चन्द्रकला श्रेष्ठले बताउनुभयो।
दिवंगत आफन्तजनहरुको सम्झनामा सांस्कृतिक परम्परा निरन्तरताका लागि , सामाजिक सत्कर्म गरी ,दाता श्रेष्ठले उदाहरणीय कार्य गरेको राधा कृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

