प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी प्यूठान नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । मङ्गलवार जुम्रीमा सम्पन्न भएको भेलाले लाली घर्तीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रेखा बस्याल, कमला थापा, सचिवमा सावित्रा घिमिरे, कोषाध्यक्षमा रुपा के।सी।लगायत अन्य सदस्यहरु रहेका छन् । भेलाले सर्वसम्मत समिति चयन गरेको हो । संघका संयोजक तुलसा सुवेदीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी९माओवादी केन्द्र०का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

