प्युठान । प्युठानको मल्लरानी गाउँपालिका वडा नं. ५ ले आजदेखी जोरपोखरीबाट सेवा दिन थालेको छ । वडाले प्रत्येक हप्ताको सोमबार एक दिन जोरपोखरीबाट जनतालाई सेवा दिने मल्लरानी गाउँपालिका ५ का वडा अध्यक्ष गोपाल थापाले जानकारी दिए ।
जोरपोखरी लगायतका स्थानका जनताको माग आएको र वडाले निर्णय गरि सेवा प्रदान गर्न थालेको अध्यक्ष थापाको भनाइ छ । जोरपोखरीबाट वडाले प्रदान गर्ने सबै सेवा प्रदान गरिने वडाले जनाएको छ ।
घर आगनबाट सरकारी सेवा सुबिधा पाउन थालेपछि त्यहाका स्थानीय हर्षित भएका छन । सफारिस लगायतका सेवा लिन १/२ घण्टा लगाएर कुमिकोट जानुपर्ने बाध्यता थियो । वडाले जोरपोखरीबाट सेवा दिन थालेपछी समयको बचत भएको स्थानीयको भनाइ छ ।

