प्यूठान । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्यूठानको एक शिक्षिकालाई पुरस्कृत भएकीछिन । राष्ट्रिय शिक्षा दिवशको अबसरमा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै भिमचेत प्रा.बि. नौबहिनी ४ मा अध्यापनरत शिक्षिका माया बिश्वकर्मालाई शिक्षा,बिज्ञान तथा प्रबिधी मन्त्रालयले पुरस्कृत गरेको हो । उनलाई मन्त्रालयले उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरेको छ । मन्त्रालयले उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गर्दा थप उर्जा मिलेको बिश्वकर्माले बताईन्
।

