विश्वको सबैभन्दा ठूलो इमेल सेवा प्रदायक संस्था गुगलले लामो समयदेखि निष्क्रिय रहेका करोडौं जीमेलका खाताहरु मेटाउँदै छ । सेप्टेम्वर २० अर्थात पर्सि असोज ४ गते देखि गुगलले यस्ता खाताहरु हटाउन सुरु गर्ने जनाएको छ ।
सुचना आदानप्रदानको भरपर्दो माध्यमका रुपमा रहेको जीमेलका निष्क्रिय खाताहरु हटाउने निर्णयले विश्वभर ठूलो संख्यामा नागरिकहरु प्रभावित हुनेछन् । सबैभन्दा वढि जनसंख्याले प्रयोग गर्ने इमेल सेवाका रुपमा रहेको जीमेलमा हरेक वर्ष करोडौं नयाँ अकाउण्ट खोलिन्छन् । केहि अकाउण्ट विभिन्न कारणले निष्कृय हुन्छन् भने केहि अकाउण्टका सञ्चालक मृत्यु भएका कारण पनि निष्कृय हुन्छन् ।
प्रयोग विहिन रहेका खाताहरुले गुगलको सर्भरमा ठूलो ठाउँ ओगट्ने भएकाले आफ्नो भण्डारण क्षमता बढाउन यस्ता अनावश्यक डाटा हटाएर सर्भरलाई छरितो बनाउने उद्देश्य अनुरुप जीमेल अकाउण्ट मेटने निर्णय गरेको गुगलले जनाएको छ । गुगलले पहिलो चरणमा विगत २ वर्ष देखि प्रयोग विहिन जीमेल अकाउण्टहरु हटाउने निर्णय गरेको हो ।
गुगलले तपाँइको अकाउण्ट डिलिट गरिदियो भने गुगलको अन्य सेवाहरु गुगल ड्राइभ, गुगल क्यालेण्डर र गुगल फोटोहरुका अतिरिक्त अन्य महत्वपूर्ण डाटा र फाइलहरु पनि सधैका लागि मेटिने छन् । त्यसैले गुगलको जीमेल अकाउण्ट प्रयोगकर्ताहरु तत्काल सचेत भएर आफ्नो प्रयोगमा आएको अकाउण्टलाई सुरक्षीत राख्नुपर्ने देखिन्छ ।

