रविन विश्वकर्मा,प्यूठान ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । पार्टीको दोस्रो बार्षिकोत्सवको अवसर भोलि असार ७ गते रक्त संचार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानले जनाएको छ । ७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न साताव्यापीे कार्यक्रम गर्ने घोषणा गरेको छ ।
पाटीले रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुद लगायतका कार्यक्रम गर्न परिपत्र गरेको छ । प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउने केन्द्रको परिपत्र अनुसार जिल्लामा बिरामिहरुको लागि रगतको अभाव रहेको समस्यालाई मध्येनजर गदै सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवालाई थप टेवा पु¥याउने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको पाटिका जिल्ला संयोजक सुमन सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजीक्षेत्र, क्लब, संघसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरे अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र, प्यूठानको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको सुवेदीले बताउनुभयो । विहान साढे ११ बजे देखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागि हुन आफना पाटिका कार्यकर्ता,ईच्छुक जिल्लावासि सम्पूर्णमा राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानले आग्रह समेत गरेको छ ।

