प्यूठान । मुक्ति माध्यमिक विद्यालय, रातामाटामा अध्ययनरत अभिभावकविहीन बालबालिकालाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
कम्पनीको ८औँ वार्षिकोत्सवको अवसरमा विद्यालयका २३ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
शिक्षामा सहजता ल्याउन, बालबालिकाको हौसला अभिवृद्धि गर्न तथा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री वितरण गरिएको आयोजकहरूले बताएको छ । वितरण कार्यक्रममा कापी, कलमसहित आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ ।
शैक्षिक सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले यस्तो कार्यक्रमले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न टेवा पुग्ने धारणा व्यक्त गरे । त्यस्तै प्यूठान नगरपालिकाका उपप्रमुख देवन्द्र वर्माले अभिावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन सहयोग पुगेको बताए । उनले यस्ता बालबालिकालाई पठनपाठनमा सहयोग गर्नु सामाजिक संघ–संस्थाको पनि दायित्व हुने उल्लेख गरे ।
प्यूठान नगरपालिकाले अभिभावक बिहिन बालबालिकालाई निःशुल्क रुपमा पढाउदैँ आएको छ । यस बिद्यालयमा २३ जना बिद्यार्थी निःशुल्क आवासिय रुपमा अध्ययन गर्दै आएका छन् ।

