काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सबै राजनीतिक गतिविधि खुला रूपमा गर्दै आएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग उनले आफूले कुनै पनि गोप्य भेटवार्ता नगरेको बताए । राजनीतिक दलहरूबीच नियमित छलफल हुनु स्वाभाविक भएको उनको भनाइ छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीसँग हालैको भेटका बारेमा प्रश्न उठ्दा उहँले भण्डारीलाई राष्ट्रपति हुँदा पनि भेटेको र अहिले पनि भेट्नु अस्वाभाविक नभएको बताउँदै सो भेटलाई अनावश्यक रूपमा बढी तौल दिइएको भन्दै आपत्ति समेत जनाए।
संसदीय दलको नेता परिवर्तनको चर्चा सन्दर्भमा कोइरालाले त्यस्तो कदम चाल्न आवश्यक संख्या चाहिने भएकाले सबै पक्ष जानकार रहेको उनको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी मात्र नभई मुलुककै नेता भन्दै उहाँले विभिन्न विषयमा दलका नेताहरूसँग भेटघाट गर्नु स्वाभाविक भएको उनको भनाई छ ।

