प्यूठान । आगलागी नियन्त्रण सम्बन्धी पूर्वतयारी जोखिम न्यूनीकरणका लागी कार्ययोजना कार्यान्वयन सम्बन्धी सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम नौबहिनी गाउँपालिकामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा नौबहिनी गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । प्यूठान जिल्लामा पछिल्ला बर्षहरुमा आगलागीका घटनामा बृद्धि हुदैँ गएको र यस्ता जोखिमलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले बताइन् ।
चेतनाको कमीका कारण बनमा आगलागी हुने गरेको छ । बनमा लागलागी गर्दा बनमा आश्रीत पशुपंछी,जरिबुटी लगायतका मासिदैं गएका छन् । जसले नेपाललाई ठुलो आर्थिक क्षतिका साथै जलबायू परिबर्तनको समस्या झेल्नु परेको छ ।
नौबहिनी गाउँपालिकामा सबैभन्दा बढि आगलागीका घटना हुने गरेको छ । यस्ता बिपदका घटनालाई रोक्न बिद्यालयस्तरबाटै सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । सानो फाइदाका लागी बनमा लागो लगाउदाँ ठुलो क्षति हुने गरेको स्थानीय बन महासंघ नौबहिनीका अध्यक्ष जिबराज भण्डारीले बताए ।
वनमा आगो लगाउनेलाई कानुनी कारवाही गर्न सकेमा मात्र यसलाई रोकथाम गर्न सकिने उनको भनाई छ । त्यसका लागी सरकारी निकायमात्र नभई स्थानीय समुदाय नै लागे न्यूनीकरण गर्न सकिने धारणा ब्यक्त गरे ।

