प्यूठान । गौमुखी गाउँपालिका–५ खुङ्ग का ६९ वर्षिय चिन्तामणी उपाध्यायको हत्यामा संलग्न दुई जनालाई प्यूठान प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न गौमुखी गाउँपालिका वडा ५ खालका वर्ष ५१ का लोक बहादुर गिरी र सोही वडाकी वर्ष ५० की जेदु कुमारी न्यौपानेलाई आईतवार सार्वजनिक गरेको हो ।
प्रारम्भीक अनुसन्धान अनुसार दुवैजनाले हत्यामा संलग्न भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक केशव के।सीले जानकारी दिए । अबैध शारिरीक सम्वन्धले यो घटना निम्ताएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्यामा संलग्न गिरी र जेदु कुमारीविच लामो समयदेखि अबैध शारिरिक सम्वन्ध रहको खुल्न आएको प्रहरीको भनाई छ ।

