प्युठान । प्युठानमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो प्युठान प्रहरीले ऐरावती गाउँपालिका-५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीलाई पक्राउ गरेको हो ।
कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

