प्यूठान । झिमरुक-१, सौतामारे तल्लो गाउँमा रहेको चन्द्रविकास प्रा.वि.मा शिक्षक छनौटका क्रममा विषय विज्ञ अमर प्रा.वि.कि शिक्षिका माया पन्थीले एकजना परीक्षार्थीलाई गलत उत्तरमा पनि पूरा नम्बर दिदैँ पुर्णाङ्क भेट्याउने गरि नम्बर दिएको थाहा पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले परीक्षा रद्द गरिदिएका छन् ।
एमालेवाट निर्वाचित वडा न.१ का अध्यक्ष धुर्व खनालकी भतिजी चन्द्रकला खनाललाई शिक्षिका वनाउन पालिका अध्यक्ष पितवहादुर महतरा र खनालविच सहमति भएको बुझिन्छ । त्यो सहमति कार्यान्वयन गर्न उक्त विद्यालयमा सदस्य रहेका वडा सदस्य शंकर पोख्रेललाई जिम्मा दिइयो। उनै वडा सदस्यकि श्रीमती माया पन्थी विषयविज्ञको रुपमा शिक्षक छनौट परीक्षाको लागी चुनिएकी थिइन ।
पालिकाको अनुदान दरवन्दीका लागि माघ ९ गते पालिकामा परीक्षा तोकिएको थियो । अध्यक्षहरुको समर्थन पाएकी चन्द्रकला १२ कक्षा मात्रै पास हुन् । उनीसङ्ग कि प्रतिस्पर्धी थिइन विष्णा जिसि । जो सोही विद्यालयमा ८ वर्ष देखि निजि श्रोतमा पढाइरहेकी छन् भने उनी अङ्ग्रेजीमा विएड पास हुन् ।
विएड गरेकी जिसीलाई परीक्षामा हराउने सम्भावना थिएन । तर पालिका अध्यक्ष महतरा र वडा अध्यक्ष खनालको भरमा विषय विज्ञ माया पन्थीले प्रश्नहरु आउट गरिन र खनाललाई दिइन । मायाले निकालेका प्रश्नहरुमा खनालले पुर्णाङ्क नै प्राप्त गरिन । कतिसम्म भने उत्तर ठिक उल्टो लेखेका प्रश्नमा पनि मायाले पूरा अंक दिने र अर्की प्रतिस्पर्धीको सहि उत्तरलाई पनि न्युनतम अंक दिइन ।
सो कुराको सुइको पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले उत्तर पुस्तिकाको परिक्षण गरे । परीक्षणमा प्रश्नहरु बाहिरिएको, मायाले निकालेको प्रश्नहरुमा सतप्रतिशत अंक पाएको, गलत उत्तरमा पनि अंक प्राप्त गरेको, अर्का प्रतिस्पर्धीलाई न्युनतम भन्दा निकै कम अंक दिई परीक्षामा धाँधली गरेको निष्कर्षमा पुगेपछि उक्त परीक्षा रद्द गरिदिएका छन् ।
यसरी परीक्षामा धाँधली गर्ने विषय विज्ञलाई कानुन सम्वत् कार्वाही हुन्छ कि हुँदैन? त्यो भने हेर्न बाँकी छ । शिक्षा ऐनको दफा १७ वमोजिम त्यसरी परीक्षामा अनियमितता गरेको प्रमाणित भएमा कसुरको गम्भीरता हेरि एक लाख जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था रहेको छ।

