प्युठान । प्युठानमा म्याजिक र मोटरसाइकल एक आपसमा ठोकिदाँ २ जना घाइते भएका छ । बिजुवारदेखी बाग्दुला तर्फ जादैं गरेको लु १ ज ४००३ नम्बरको म्याजिक र बाग्दुलादेखी बिजुवार आउदै गरेको लु ७६ प ५४०४ नम्बरको मोटरसाइकल प्युठान नगरपालिका ७ गाँजुरी सहिद पार्क नजिकै म्याजिक र मोटरसाइकल ठिक्किदा प्युठान नगरपालिका ४ का मोटरसाइकल चालक ३७ बर्षिया बिनोद नेपाली गम्भीर घाइते भएका छन र उनकी श्रीमती रेखा नेपाली सामान्य घाइते भएका छन ।
उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार सम्भब नभएपछी थप उपचारका लागि बुटवल रिफर गरिएको ट्राफिक प्रहरी गणेश के सीले बताए । म्याजिक र चालकलाइ प्रहरीले नियन्त्रण लिएको छ ।

