प्युठान । गौमुखी गाउपालिकाले नि:शुल्क मानसिक स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ ।
प्युठान अस्पताल बिजुवारकाे प्राबिधिक सहयाेग र जिल्ला स्वास्थ्य कार्यालय प्युठानकाे समन्वयमा बिशेषज्ञ सहितकाे मानसिक स्वास्थ्य सिविर मंसिर १९ गते संचालन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेलले जानकारी दिए ।
पुजा स्वास्थ्य चौकी लिवासेमा हुने शिबिरमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या, अनिन्द्रा , एकाेहाेराे हुने , आत्महत्याकाे प्रयास गर्ने जस्ता समस्या भएकाहरुकाे उपचारका लागि शिबिरकाे आयाेजना गरिएको गौमुखी गाउपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले बताएका छन ।
पालिकाले विभिन्न समयमा अस्पतालसम्म पुग्न नसक्ने नागरिकहरुका लागि बिशेषज्ञ सहितकाे स्वास्थ्य शिबिर संचालन गर्दै आएकाे छ ।

