प्युठान । अम्बिका माबि फाेप्लिमा विद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष बुद्धिराम भण्डारीकाे स्मृतिमा सरस्वती मन्दिर निमार्ण हुने भएको छ ।
नौबहिनी गाउपालिका वडा न.-८ फोप्लिमा रहेकाे श्री अम्बिका मा.वि मा बिगत लामो समयसम्म विद्यालय व्यबस्थापन समितिको अध्यक्षको रुपमा काम गररेका स्वर्गीय बुद्धिराम भण्डारीको स्मृतिमा विद्यालयको प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण हुने भएको हाे ।
निर्माण गर्नका लागि उनकी श्रीमती चुमा देवि भण्डारी , छोरा बुहारी – भेषराज भण्डारी र लक्ष्मी भण्डारीले साेमबार शिलान्यास गरेकाे विद्यालयका प्रधानाध्यापक मिनराज पुनले बताएका छन ।

