प्यूठान । प्यूठान नगरपालिका १० का हिरा बहादुर बि.क केहि बर्षअघिसम्म खेतबारी गोरुले जोत्थे । उनी खेत बारी जोत्नका लागी एक हल गोरु पालेका थिए । तर अहिले उनी गोरुको सट्टा हाते ट¥याक्टरको प्रयोग गर्न थालेका छन् । त्यस्तै प्यूठान नगरपालिका १० कै रिम बहादुर घर्ति मगरले पनि खेतबारी जोत्नका लागी परम्परागत रुपमा गोरुको प्रयोग छोडी आधुनिक प्रबिधीको प्रयोग गर्न थालेका छन । उनीहरुमात्र हैन जिल्लाका अधिकांस किसानहरु गोरुको साटो पावर टिलर (हाते ट¥याक्टर) प्रयोग गर्ने थालेका छन् । प्यूठानमा पहिला पहिला फाट्फुट रुपमा कृषि औजार प्रयोग गर्ने गरेको भएपनि अहिले धेरै ब्यक्तिले यसको प्रयोग गर्न थालेका छन् ।
खेतबारी जोत्नका लागी आधुनिक प्रबिधी आएपछि खेतबारी जोत्नका लागी सहज भएको उनीहरु बताउँछ्न । गोरुले जोत्दा धेरै समय लाग्ने र खर्चपनि धेरै हुने प्यूठान नगरपालिका १० मरन्ठानाकोटका घर्ति मगरले बताए । ‘हाते ट्याक्टर लिएपछि खेतीपाती गर्न सहज भएको छ’ उनले भने,‘गोरुले जात्दा बाझो रहने र खन्नुपर्ने बाध्यता थियो तर प्रबिधीको प्रयोगसँगै यो बाध्यता हटेको छ ।’
गोरुले जोत्न ४–५ दिन लाग्ने जमिन ट¥याक्टर केहि घण्टामै सकिने प्यूठान नगरपालिका १० का रिम बहादुर घर्ति मगर बताउँछन् । गोरुले खेतबारी जोत्दा खर्चिलो, झन्झटिलो हुने उनले बताए । आधुनिक कृषि यन्त्रको प्रयोग गरी खेतीपाती गर्दा लागत र समयको बचत हुने पौडेलले सुनाए । ‘आधुनिक कृषि यन्त्र प्रयोग गर्दा निकै सजिलो हुदो रहेछ’ उनले भने,‘प्रबिधीको प्रयोगले कम लागत पनि कम हुन्छ ।’ पछिल्लो गाउँमा युवाशक्तिहरु बिदेश पलायन हुदाँ हाते ट¥याक्टरको प्रयोगसमेत बढेको उनी बताउँछन् । गाउँमा गोरु पाल्न छाड्दा कृषि औजारको माग, महत्व र प्रयोग बढ्दै गएको छ । पछिल्लो समय प्यूठानमा आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ ।
प्यूठानमा स्थानीय तह तथा सरकारी कार्यालयले प्रत्येक बर्ष ५० र ७५ प्रतिशत अनुदानमा मिनी टिलर, गहुँ, धान थ्रेसर, चाँपकटरलगायत कृषि औजारहरु वितरण गर्ने गरेका छन् । निर्बाहमुखी कृषि गर्दै आएका कृषक तथा ब्यवसाय सञ्चालन गर्न परम्परागत रुपमा गोरु र राँगाले जोतेर सम्भब नहुने एकिकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानका प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । ‘कृषिमा आधुनिकीकरण गर्नका लागी आधुनिक कृषि औजार आबश्यक पर्छ’ उनले भने,‘कृषि औजारले उत्पादन पनि बढ्छ ।’ पछिल्लो समय स्थानीय, प्रदेश सरकारले कृषकलाई यान्त्रिकीकरण गर्नेतर्फ उपकरण पनि अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

