प्युठान । जिल्लामा सामान बिक्रि वितरण गर्ने रिटिलर गाडीहरुमा अनुगमन गर्न थालिएको छ । सहर तथा ग्रामिण स्तरमा संञ्चालनमा रहेका पसलहरुमा सामान बिक्रि वितरण गदै आएका गाडिहरुलाई सकडमै रोकी सामान अनुगमन गर्न थालिएको बजार अनुगमन समितीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकिय अधिकृत जालन्धर भुषालले बताए । जिल्लामा बजार अनुगमन गर्दा अधिकाश पसलहरुमा ठुला डिलरहरुबाटै म्याद नाघेका सामान राखि अन्य पसलहरुमा पठाउने गरेको पाइएकाले यसलाई नियन्त्रण गर्न यस्तो कदम चालेको बताए ।
बजारमा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती भेटिने गरेको छ । जिल्लामा ३ दिनमा डेढ लाख बढिको म्याद नाघेका अखाद्य बस्तु बरामद गरिएको छ । असोज १३ गते देखि १५ गते सम्म बिजुवार,जुम्रि र बराैंलाका बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट १ लाख ५० हजार ८ सय ५५ रुपैंयाको म्याद नाघेका सामाग्री बरामद गरि नष्ट गरेको प्रशासकिय अधिकृत जालन्धर भुषालले जानकारी दिए ।
आज ऐरावती गाउँपालिका २ बरौंलामा बिभिन्न पसलहरुमा सामान पु¥याउन जान लागेका केहि गाडीहरुलाई बिच सडकमै रोकी सामानको म्याद नाघे ननाघेको चेक गरि पठाएको बताए ।

चेकजाँचको क्रममा सामानको म्याद सकिन १५/२० दिन बाँकि रहेका सामान समेत राखेर बिकि गर्न जान लागेको पाइएकाले बिक्रेताहरुलाई सचेत गराएको बताउनुभयो । साथै साहुहरुलाई पनि यसबारेमा सचेत गराउदै म्याद सकिन लागेका सामान अन्य पसलमा नपठाउन सुझाव दिने बताए।
जिल्लाका ठुला डिलर ब्यापारी तथा बाहिरबाट सामान बिक्रि वितरणका लागि आउने ब्यापारीहरुले नै म्याद सकिन लागेका र म्याद नाघेका सामाग्रीहरु गाउँगाउँमा रहेका साना ब्यापारीहरुलाई पठाउँदा रहेछन्,उनले भने । बजारमा म्याद गुज्रिएका सामान छ्याप छ्याप्ती भेटिने गरेको छ ।
अधिकृत भुषालले जिल्लाका सबै ठाउँमा सामान बिक्रि वितरण गर्ने रिटिलर गाडीहरुलाई सडकमै रोकी सामान अनुगमन गर्ने बताए । म्याद नाघेका सामान भेटिएमा पुरै जफत गरी नष्ट गर्ने उनकाे भनाइ छ ।

