प्यूठान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिबालय सदस्य धनेश्वर पोख्रेलले नेपालका कम्युनिस्ट भन्नेहरु सत्ताको भाषमा डुब्ने गरेको बताएका छन । पार्टीले प्यूठानमा शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले नेपालमा आफुलाई कम्युनिस्ट भन्नेहरु सरकारमा पुगेपछि जनताको जनजीबिका,राष्ट्र र राष्ट्रियतालाई भुलि भ्रष्ट अनैतिक हुँदै पतनको बाटोमा लागेको आरोप लगाएका छन ।
पर्टीको महाधिबेशनको सन्दर्भमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सदस्य पोख्रेलले आफ्नो पार्टी सानो भएको तर जनताका पक्षमा विभिन्न अभियान चलाएपनि राष्ट्रिय मुलधारका मिडियाले महत्व नदिएकोले बाहिर पार्टीले केही नगरेको जस्तो देखिएको गुनासो गरेका छन । पार्टी एकताको कुरामा पोख्रेलले नेपालमा परिवर्तन चाहाने क्रान्तिकारी शक्तिबिच एकता भएपनि प्रचण्ड नेतृत्वको माओबादीसँग एकता नहुने बताएका छन ।
मङ्सिर १२ देखि २२ गते सम्म चल्ने एकता महाधिबेशनले जनताको जीबिकाको सन्दर्भमा ठोस नीति तय गरि अगाडि बढ्ने बताएका छन । उनले बिप्लपले पनि हाल आइ समाजबादी मोर्चाको नाममा मिसन ८४ चलाएको आरोप लगाएका छन ।
नेकपा (क्रान्तिकारी माओबादि), नेकपा बहुमत र नेकपा (मशाल) बिचको पार्टी एकता पछिको एकता महाधिबेशनले मार्गनिर्देशक माक्सबाद लेलिनबाद र माओबाद बिचारलाई थप बलियो बनाउने केन्द्रीय सचिवालय सदस्य एवम प्यूठान इन्चार्ज टिकाराम पौडेलले बताएका छन ।
महाधिबेशन पुर्ब कार्तिक १० र ११ गते जिल्ला सम्मेलन सक्ने त्यस पहिले वडा स्थानिय तहको अधिबेशन गरिने जिल्ला संयोजक वीर बहादुर पुनले बताएका छन ।

