प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) भोली अर्थात सोमबार गृह जिल्ला प्यूठान आउने भएका छन् । दोश्रोपटक मन्त्री बनेपछि पहिलोपटक प्युठान आउन लागेका थापालाई नेपाली कांग्रेस प्यूठानले आयोजना गरेको स्वागत तथा सम्मान गर्न थालेको हो ।
मन्त्री थापाले आश्विन १ गते मंगलबार जिल्लाबासीसंग सामुहिक तथा छुट्टाछुट्टै भेट गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस प्युठानका उपसभापति देवेन्द्र वर्माले वताए ।
मन्त्री थापाले जिल्लामा सञ्चालित योजनाका बिषयमा पार्टीका वडा तहसम्मका नेताहरुसगँ छलफल गर्ने तालिका रहेको उनले बताए ।मन्त्री थापा यसअघि कांग्रेस र माओवादीको गठबन्धनबाट उद्योग पर्यटन तथा यातायातमन्त्री बनेका थिए ।

