काठमाडौँ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।
‘सामान्यतया १५ दिन अगाडि खुल्ने प्रचलन हो,’ हमालले भने, ‘कहिलेदेखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको छ । असोजको पहिलो हप्तादेखि खुलाउने गरी तयारी भएको छ।’
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।

