प्यूठान । प्यूठान नगरपालिकाले प्लाष्टिकद्धारा निर्मित कृतिम मालामा प्रतिबन्ध लगाएको छ । पालिकाले मंगलबार एक सुचना जारी गर्दै नगरभित्र प्लाष्टिकका मालामा प्रतिबन्ध लगाएको हो । चाडपर्व नजिकीएसगैँ बजारमा यस्ता माला भित्रिने गर्दछन । जसका कारण स्थानीय ब्यावसायीले उत्पादन गरेको फुलले बजार नपाउने अबस्था सिर्जना हुनेहुदाँ यस्तो निर्णण् गरेको प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बताए । ‘हाम्रा ब्याबसायीले उत्पादन गरेको पुष्पखेतीलाई प्रवद्र्धन गर्नका लागी यो कदम चालेको हौँ’ उनले भने ।
नगरपालिकाले प्लाष्टिकको मालामा प्रतिबन्ध गर्ने निर्णयले ब्यावसायीलाई राहत मिलेको पुष्प ब्यावसायी बताउछन् ।


