सागर रिजाल प्यूठान । प्यूठानका दुई स्थानीय तहले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम ल्याएका छन । जिल्लाको मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले २७९ बुदाँ लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । खड्काले ल्याएको नीति तथा कार्यक्रममा हल गोरु पाल्न गर्ने किसानहरुलाई प्रोत्साहन गर्नेदेखि कृषि, पशुपालनका साथै बाघमुखे चुलेसी उत्पादनसम्मका कार्यक्रम समाबेश गरेका छन् । त्यस्तै फोहोरको ब्यवस्थापन, यातायात गुरु योजना, पालुकाथानलाई जिल्लाको पर्यटकिय गन्तब्यका रुपमा बिकास गर्ने, शिक्षाको गुणस्तर बृद्धि लगायतका कार्यक्रम समेटिएका छन् ।
त्यस्तै जिल्लाकै गौमुखी गाउँपालिकाले पनि शुक्रबार आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । प्यूठानका अन्य सात स्थानीय तहले पनि बार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

