दाङ । दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवाकि ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

