श्रीराम भण्डारी प्यूठान । ७१ बर्षिय सीता पुन खुट्टा, ढाड दुख्ने समस्यामा थिइन् । उनी उपचारका लागि जिल्लासम्म पुग्न हिडेर पुग्न सक्ने अबस्था थिएन । गाडिमा त झन चढ्दा बित्तिकै समस्या आउने बताउँछिन त्यहि कारण उनले रोग पालेर बसेमी थिइन् ।
पुन यस्तो समस्यामा रहेको उदाहरण मात्रै हुन गाउँमा अझ पनि उपचार नपाएर रोग पालेर बसेका धेरै छन । यहि कुराको मध्यनजर गरि नौबहिनी गाउपालिकाले सोमबार फोप्लिमा बिशेषज्ञ सहित स्वास्थ्य शिबिर गरेको छ ।
शिबरमा ८६ बर्षिय भुपाराम भण्डारीले पनि उपचार गराएका छन उनी भन्छन “स्वास्य चौकी बाट नियमित औषधि खाने जाँच गराउने त गरेको थिय तर आज जिल्लका डाक्टर सङ्ग जचाउन पाउँदा खुसि छु “ उनी जस्तै ८४ बर्षिय मनि सुनार पनि शिबिरमा स्वास्थ्य परिक्षण गराउदा खुसी छिन ।
नौबहिनी गाउपालिकाको आयोजना तथा जिल्ला अस्पताल प्युठानको प्राबिधिक सहयोगमा भएको शिबिरबाट विभिन्न बिशेषज्ञ सेवाबाट ४८ जना पुरुष र ४ सय ५९ जना महिलाले सुबिधा लिएका छन ।
स्थानीय स्तरमा अझ पनि महिलाको पाठेघर सम्बन्धि समस्या, दात रोग, प्रेसर जस्ता समस्या जटिल रुपमा रहेको डाक्टर राजेन्द्र पौडेलले बताएका छन । शिबिरमा ५६ जना गर्भवती महिलाको भिडियो एक्सरे मार्फत परिक्षण गरिएको, ७० जनाको दात सम्बन्धि समस्याको उपचार, १ सय २९ जनाको स्त्रि रोगको जाँच गरिएको, ९१ जना महिलाको पाठेघरको क्यान्सर सम्बन्धि परिक्षण गरिएको बताएका छन ।
पालिकाको बिकट वडा र बिरामीको अवस्थालाई मध्यनजर गर्दै फोप्लीमा निःशुल्क शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बताउनुभयो । अधिकृत पौडेलले स्वास्थ्य समस्याको बिकराल अबस्थाको मध्येनजर गर्दै विभिन्न किसिमका बिशेषज्ञ सेवा सहित शिबिर सञ्चालन गरिएको र यस्ता शिबिर पालिका भित्र थप बिस्तार गरिने बताउनुभयो ।
शिविरमा प्यूठान अस्पतालबाट ६ जना बिशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, डा.अमिर काफ्ले, डा.अकेश श्रेष्ठ, डा.पौडस शर्मा डा.सीता मिश्र लगायतले सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यस अघि पायल्स फिस्टुला सम्बन्धि आयुर्बेदिक बिशेषज्ञ सहितको शिबिर , दात परिक्षण, आखा परिक्षण सम्बन्धि शिबिर सञ्चालन गरिसकेको छ ।
कार्यक्रममा फोप्लि स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य शाखा बहाने तथा यूयसएआडीका किशोर किशोरि प्रजन्न स्वास्थ्यका गिरिराज भण्डारी लगाएतले सहयोग गरेका थिए ।

