प्यूठान । कारागारमा स्थापना भएको पुस्तकालयले कैदीबन्दीलाई पढ्ने वाताबरणको सिर्जना हुने लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापाले बताएका छन् ।
मंगलबार खलंगामा भएको कारागारमा पुस्तक अभियान तथा पुस्तक हस्तान्तरण कार्यक्रमको उद्घाटनमा बोल्दै मन्त्री थापाले यस्ता बताएका हुन् । मन्त्री थापाले ‘कारागारमा पुस्तकालयको सुबिधाले मात्र नभइ कैदीबन्दीलाई पुस्तक पढ्ने वाताबरण सिर्जना गर्नुपर्ने बनाउनुपर्छ, जसले कैदीबन्दीले परिक्षा दिने वाताबरण पनि सिर्जना हुन्छ ’ मन्त्री थापाले भने ।
त्यस्तै लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष नहकुल केसीले कारागार भवन निर्माण गर्न नीति कार्यक्रम र बजेटमा समेट्न पहल गर्ने बताए । राणाकाली समयमा घोडा राख्ने तबेला अहिले कारागारको रुपमा रहेकाले भबन निर्माणका लागी प्यूठान जिल्लाबाट प्रतिनीधीत्व गर्ने सबै सांसदलाई आग्रह गरे । अहिले प्यूठान कारागारमा १० महिला र १५ पुरुष गरी २५ जना रहेको र हाल ९३ जना कैदीबन्दी रहेका छन् । कारागारमा पुस्तक हस्तान्तरण कार्यक्रमको अबसरमा बोल्दै उपाध्यक्ष केसीले प्रदेश सरकारले खुला कारगारको नीति अगाडि बढाएको र त्यसलाई पनि नयाँ बन्ने भवनले सहयोग गर्ने बताए ।
अभियानका अभियान्ता लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले लुम्बिनी प्रदेशका सवै जिल्लामा यो अभियान विस्तार गरिने बताइन् । उनले कैदीवन्दीलाई खुला कारागारको रुपमा अघि बढाउनका लागि पुस्तकालय अभियानले सहयोग पुग्ने उनको भनाई छ । सांसद गिरीले जिल्ला कारागारमा करिब ५०० थान पुस्तक हस्तान्तरण गरेकीछिन् ।

